Skip This
भारत तस्करी गर्न लागिएको ५९ किलो गाँजा सशस्त्र प्रहरीको नियन्त्रणमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख ३१ बुधबार o९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत तस्करी गर्न लागिएको ५९ किलो गाँजा सशस्त्र प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार o९:२४:oo

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर जलसागरमातहतको बिओपी मनराले गस्ती गर्ने क्रममा भारत तस्करी गर्न लागिएको ५९ किलो तयारी गाँजा नियन्त्रणमा लिएकाे छ । मंगलबार मध्यबिहान मनरा सिस्वा नगरपालिका– ९ बथनाहास्थित सीमानजिकैको क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्का नेतृत्वको टोलीले केही मानिसहरू भारी बोकेर उखुघारी हुँदै पोकाहरू सीमा कटाउन लागेको देखेर समात्न खोजेपछि भरियाहरू भागेका थिए ।

मदिरा तस्करीको आशंकामा उनीहरूलाई समात्न खोजेको टोलीले फालिएको पोकाभित्र गाँजा फेला पारेको हो । पक्राउ परेको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएकाे सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वार्टर जलसागरका गणपति एसपी पुरन चन्द्र भट्टले बताए ।