Skip This
तिलौराकोटलाई अन्तर्राष्ट्रिय बौद्धमार्गीको केन्द्रका रूपमा विकास गरिँदै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८२ बैशाख ३० मंगलबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार

तिलौराकोटलाई अन्तर्राष्ट्रिय बौद्धमार्गीको केन्द्रका रूपमा विकास गरिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १९:३१:oo

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामाले शाक्य वंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) लाई अन्तर्राष्ट्रिय बौद्धमार्गीहरूको केन्द्रको रूपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागेको बताएका छन्।

उनले प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटको संरक्षण सम्बर्द्धन तथा प्रवर्द्धन गर्न  र सुविधासम्पन्न क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागेको बताए।

उपाध्यक्ष डा. लामाले तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भैसकेको बताए। चाँडै नै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने उनले विश्वास व्यक्त गरे। 

बुद्धजयन्ती मूल समारोह समितिद्वारा आयोजना गरिएको २५६९औँ बुद्धजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिलौराकोटको विकासमा सहयोगका निम्ति स्थानीय जनसमुदाय, सरोकारवाला र प्रदेश सरकारलाई पनि आग्रह गरेका छन्।

कार्यक्रमको अवसरमा मंगलबार बिहान ‘बेबी बुद्ध’को प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर प्रसूति उत्सव गरिएको थियो।