Skip This
पक्राउ पुर्जी जारी भएका सांसद र प्रधानमन्त्री एउटै मञ्चमा देखिएको विषयमा संसदमा उठ्यो प्रश्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

पक्राउ पुर्जी जारी भएका सांसद र प्रधानमन्त्री एउटै मञ्चमा देखिएको विषयमा संसदमा उठ्यो प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

पक्राउ पुर्जी जारी भएका प्रदेश सांसद प्रधानमन्त्रीसँगै कुम जोडेर मञ्चमा बसिरहँदा पनि प्रहरीले नभेटेको भन्दै सांसदले आपत्ति जनाएका छन्।

पक्राउ पुर्जी जारी भएर पनि १० महिनादेखि ‘प्रहरीले नभेटेका’ एमाले प्रदेश सांसद विष्णु पन्थी र प्रधानमन्त्री केपी ओली एउटै मञ्चमा देखिएपछि मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद रणेन्द्र बरालीले प्रश्न गरेका हुन्।

नयाँ पत्रिकामा प्रकाशित समाचार उदृत गर्दै सांसद बरालीले सुशासनको ठेक्का लिएको सरकारले सुशासनको कस्तो नमुना देखाउन खोजेको भन्दै प्रश्न गरे।

‘सुशासनको कुरा गरिरहँदा आजको नयाँ पत्रिकामा छ, सुशासनको कुरा गरेर नथाक्ने सरकारलाई सिधै देखाएर भनिएको छ–पक्राउ पुर्जी जारी एमाले सांसद प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमै भन्ने शीर्षकमा लेखेको छ,’ उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएका सांसद छन्, प्रहरी प्रशासन जाँदा भेट नभएको अथवा जानकारी नभएको रिपोर्ट आउँछ। प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसेको छ। सुशासनको यो कुनचाहिँ नमुना हो, कस्तो नमुना हो?’

व्यापारीसँग सामान उठाएर पैसा नतिरेको आरोपमा १० महिनाअघि नै पक्राउ पुर्जी जारी भए पनि पक्राउ नपरेका पन्थीले सोमबार बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री ओली उपस्थित लुम्बिनीमा आयोजित कार्यक्रममा अतिथि बनेर मञ्चमै आसनग्रहण गरेका थिए।

‘कुलमान हटाएको डेढ महिनामै प्राधिकरण कसरी घाटामा गयो?’
सांसद बरालीले प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउनेबित्तिकै नेपाल विद्युत् प्राधिकरण घाटामा गएको भन्ने विषयमा समेत सरकारलाई प्रश्न गरे।

‘नेपाल विद्युत् प्राधिकरणका नयाँ प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भर्खरै श्वेतपत्र जारी गरी ५ अर्ब २६ करोड घाटा र १० अर्ब ऋण तत्कालै जरुरी भएको कुरा आयो। जहाँसम्म कुलमानले ८ अर्ब नाफा बनाएर राखेको प्राधिकरण डेढ महिनामै यस्तो अवस्थामा पुर्‍याउने सुशासनको प्रक्रिया विभिन्न ठाउँमा के-के बोकेर आउने हो, नेपालीको थाप्लोमा के-के बोकाएर जाने हो?’ उनले भने।