Skip This
मानसिक स्वास्थ्य नीति  तर्जुमा गर्दै काठमाडौं महानगर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३० मंगलबार o७:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मानसिक स्वास्थ्य नीति  तर्जुमा गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार o७:२६:oo

काठमाडौं महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न थालेको छ । यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सम्बन्धित संघसंस्था, स्वास्थ्यकर्मी, पुनस्र्थापना केन्द्रका प्रतिनिधिसँग छलफल सुरु गरेको महानगरले जनाएको छ । 

मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, पहिचान, निदान तथा उपचारका लागि नीति निर्माण गरिने महानगर स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए । अन्य क्षेत्रमा लगानी भए पनि मानसिक स्वास्थ्य क्षेत्र प्राथमिकतामा नभएकाले यसलाई महानगरले नीतिबाटै सम्बोधन गर्न लागेको उनले बताए । 

महानगरका स्वास्थ्य सल्लाकार डा. मणीन्द्र गोर्खालीले विज्ञबाट प्राप्त सुझाव ग्रहण गरेर हाल देखिएका मानसिक स्वास्थ्य समस्या र आगामी दिनका सम्भावित जोखिम पूर्वानुमान गरेर नीति तर्जुमा गरिने बताए । महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले, शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने दिशामा काम भइरहेको बताए ।

अब तर्जुमा गरिने मानसिक स्वास्थ्य नीतिमा रूपान्तरित व्यक्ति, परिवार, समाजको अवस्था र व्यवस्था, उमेरजन्य परिस्थितिजस्ता पक्ष समेट्ने गरी नीति तर्जुमा गर्ने तयारी रहेको उनले जानकारी दिए । सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठजनामध्ये एकजनामा मानसिक समस्या हुने गरेको छ ।