१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २९ सोमबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार

सुन्धारामा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १७:१४:oo

काठमाडौंको सुन्धारामा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–२२ काठमाडौं मलअगाडि सडकमा बा.३४प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा बा.३४ प ४३२० नम्बरको मोटरसाइकलचालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोषकुमार गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा.७ प ८७९५ नम्बरको मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ।