Skip This
जनकल्याण माविलाई स्कुलबस हस्तान्तरण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनकल्याण माविलाई स्कुलबस हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

बौद्ध महांकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयलाई स्कुलबस हस्तान्तरण गरिएको छ । आइतबार नेपाल–चीन कैलाश सांस्कृतिक संवर्द्धन विकास संघमार्फत चीन सरकारले अनुदानमा प्रदान गरिएको आइचर कम्पनीको ३२ सिटे बस विद्यालयलाई हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत उपस्थित थिए । विद्यालयलाई बसको अभाव रहेकोबारे संघमार्फत यसअघि पनि जानकारी गराइएको थियो ।

संघका अध्यक्ष कान्छा गुरुङले सो बस विद्यालयका प्रधानाध्यापक दीपकबाबु श्रेष्ठसहित विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षकलगायतको सहभागितामा विद्यालय विद्यालय परिवारलाई आइतबार हस्तान्तरण गरे ।

विद्यालयका सहायक प्रअ तथा सूचना अधिकारी सुरेशकुमार कटुवालका अनुसार योसँगै अब विद्यालयमा स्कुलबसको संख्या दुईवटा पुगेको छ । ‘जनकल्याण माविमा टाढाटाढाबाट पनि विद्यार्थी आइरहेका छन्, उनीहरूलाई लिन र छाड्न जान बसले सहयोग पुग्नेछ,’ उनले भने, ‘हालसम्म यस विद्यालयमा कक्षा १ देखि १० सम्म एक हजार सात सयभन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन्, कक्षा ५ र ८ मा सेक्सन थप्दा पनि कतिपयलाई फर्काउनुपरेको छ, स्रोतसाधनले भ्याएसम्म भर्ना गरेका छौँ ।’ उनका अनुसार नयाँ भर्ना भएका विद्यार्थीलाई चीन सरकारकै अनुदानमा झोला पनि वितरण गरिएको छ।