Skip This
इजरायली आक्रमणमा गाजामा १३ जनाको  मृत्यु, अधिकांश महिला र बालबालिका
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी गाजा पट्टी
Invalid date format २१:२७:oo
Read Time : < 1 मिनेट
विश्व

इजरायली आक्रमणमा गाजामा १३ जनाको  मृत्यु, अधिकांश महिला र बालबालिका

Read Time : < 1 मिनेट
एजेन्सी, गाजा पट्टी
नयाँ पत्रिका
Invalid date format २१:२७:oo

गाजापट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएकाे इजरायली आक्रमणमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।

खान युनिस क्षेत्रमा दुई बालबालिका र उनीहरूका बाबुआमाको ज्यान गएको नासिर अस्पतालले जानकारी दिएको छ। अन्य स्थानमा पनि केही मानिसको ज्यान गएको छ।

इजरायली पक्षले केवल लडाकुहरूलाई लक्षित गर्ने दाबी गर्दै आए पनि, सर्वसाधारणको मृत्युका घटनाहरू बढिरहेका छन्।

यसैबिच, गाजामा खाद्यान्न, औषधि र पानीको गम्भीर अभाव देखिएको छ। सहयोगी संस्थाहरूले मानवीय संकट चुलिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

गाजाको उत्तर भागमा बालबालिकाहरूले पानीको ट्यांकर पछ्याउँदै गरेका मार्मिक दृश्यहरू देखिएका छन्। धेरै बासिन्दा नुनिलो र असुरक्षित पानी पिउन बाध्य छन्।

युद्धले अहिलेसम्म ५२ हजार ८०० भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।