१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको युवा संगठनमा विवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १९:४२:oo

नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन युवा संघ नेपालमा विवाद देखिएको छ। संगठनका इन्चार्जले कुनै छलफल र बैठक नगरी संयोजक, सहसंयोजकहरू र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेकाहरूलाई सदस्य तोकी कार्यदल बनाउने निर्णय गरेको भन्दै उपमहासचिवद्वय संजीप राई र निर्भीक खनाल तथा सचिवहरू भेषराज शाह र अनिल बोगटीले आपत्ति जनाएका हुन्।

तत्कालीन नेतृत्व र पदाधिकारीहरू पार्टी केन्द्रीय सदस्य भैसकेकाले उनीहरूलाइ संगठनबाट बिदा गरी इन्चार्जले सम्मेलनलगायतको कामको योजना बनाई अगाडि बढाउने पार्टीको गत माघ १४ को अन्तरपार्टी निर्देशन स्मरण गराउँदै उनीहरूले आइतबार विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन्।

‘तर, हिजो इन्चार्ज कमरेडले एकाएक युवा संघमा बाँकी रहेका पदाधिकारीहरू एवं कार्यालय कमिटीका सदस्यहरूसँग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरू र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गरेकोप्रति हाम्रो घोर आपत्ति रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टी आन्दोलनलाई तहसनहस पार्ने र फेरि युवा संघमा भाँडभैलो मचाउने षड्यन्त्र भइरहेको भन्दै इन्चार्जले संगठनको मर्म, विधिविधान, पद्दति र प्रक्रियाको खिल्ली उडाएको आरोप लगाइएको छ।

संघको विधान र पार्टी निर्देशनविपरीत भएको निर्णय सच्याउन माग गर्दै उनीहरूले अन्यथा कडा कदम चाल्ने चेतावनी दिएका छन्।