१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २८ आइतबार १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार

नेपालीसहित १० आरोहीले गरे एकैदिन कञ्चनजंघा आरोहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १९:३२:oo

ताप्लेजुङमा रहेको विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा यस सिजनमा १० जनाले सफल आरोहण गरेका छन्। 

८,५८६ मिटर अग्लो कञ्चनजंघा हिमाल सेभेन समिट ट्रेक्स एजेन्सीले सफल आरोहण गराएको हो। सो ट्रेक्सका जनरल म्यानेजर थानेश्वर गुरागाईंले मे १० अर्थात् २७ वैशाख ०८२ दिउँसो २.१५ मिनेटमा १० जनाले सफल आरोहण गरेको बताए। 

आरोहण गर्नेमा ५ नेपाली र ५ विदेशी रहेको म्यानेजर गुरागाईंले बताए। विदेशीमा कोसोवो, इरान र बेलायतका नागरिक रहेका छन्। आरोहीहरू फ्लुतुरा इब्राहिमी, एड्रियन माइकल हेस, अलिरेजा बेहपुर, सइद अल्मेमारी, सेयदमिदरजा हासेमी, लाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेका छन्। नेपाली र भारतीय सेनाका २३ सहित जम्मा ७० जना आरोहणका क्रममा रहेकोमा १० जनाले भने सफल आरोहण गरेका हुन्। 

उनका अनुसार सेभेन समिट ट्रेक्सबाट ४० जना र अन्य ट्रेकिङ एजेन्सीबाट ३०जना कञ्चनजंघा आरोहणको क्रममा छन्। आरोहण सुरु गर्नुअघि कन्चनजंघामा आठजना शेर्पाको टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइन सुरक्षित गरेको थियो।