१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्क्याउने पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १८:३१:oo

आफू गृहमन्त्री रमेश लेखकको साथी हुँ भन्दै सरकारी कर्मचारीहरूलाई धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको बनेपा- ३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो। 

उनले आफू गृहमन्त्रीको साथी हुँ भन्दै साझा स्वास्थ्य सेवा, चाबहिलका कर्मचारीलाई फोन गर्दै आफूअनुकूल काम गर्न धम्क्याउँदै आएका थिए। कर्मचारीकै उजुरीका आधारमा उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको एसपी काजीकुमार आचार्यले बताए। उनी ब्रेन वे कम्पनीका  कर्मचारी भएको खुलेको छ। उनको गृहमन्त्री लेखकसँग कुनै सम्बन्ध नरहेको प्रहरीले जनाएको छ। 

अन्य केही कर्मचारीलाई पनि उनले आफू भूमि व्यवस्थामन्त्रीको पिए हुँ भनेर धम्क्याएको अनुसन्धानमा खुलेको छ ।