Skip This
रामेछापमा आगलागीबाट एक घर जल्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा आगलागीबाट एक घर जल्यो

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

घरमा जडान भएको विद्युत् सर्ट भई आगलागी हुँदा रामेछापको लिखु तामाकोशी गाउँपालिका– २ सैपुमा गएराति एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट सैपुका चन्द्रबहादुर पौडेलको घर जलेर नष्ट भएको हो। 

अकस्मात् विद्युत् सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा पौडेल घाइते भएका छन्। उनको घटनास्थलबाट उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा ल्याई उपचार भइरहेको लिखु तामाकोशी गाउँपालिका– २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिए।

आगो निभाउने क्रममा पौडेललाई घरमा पालिएको मौरीले समेत चिलेको थियो। उनलाई एकैपटक सयौँ मौरीले चिल्दा अनुहारलगायतका भाग सुन्निएको छ। उनको अवस्था खतरामुक्त रहेको मन्थली अस्पतालका मेसुु डा. केशव धामीले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका लत्ताकपडा, गरगहना, अन्नपात र भाँडावर्तन सबै जलेर नष्ट भएका छन्। केही समयदेखि सैपुमा विद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएको छ।