Skip This
राजावादीलाई प्रधानमन्त्रीको जवाफ- यो देशको हकदार नेपाली जनता नै हुन्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजावादीलाई प्रधानमन्त्रीको जवाफ- यो देशको हकदार नेपाली जनता नै हुन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले यो देशको हकदार नेपाली जनता नै रहेको बताएका छन्।

राजा ल्याउने सम्झौता नगरे भाग्न तयार हुन राजावादीले चेतावनी दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। राजसंस्था खिएर ढलिसकेको भन्दै उनले नेपाली जनता आफ्नो हक कायम गरेर बस्ने प्रस्ट पारे।

‘एकजना माननीयज्यूले बोल्नुभएको मैले सुनेँ । त्यही पनि एउटा पार्टीको अध्यक्षले नै– कि राजा ल्याउने सम्झौता गर, कि भाग्न तयार होऊ। कहाँ भाग्ने ? एउटा थोत्रो संस्थाको तर्फबाट, मक्केको, खिएको, ढलेको संस्थाको तर्फबाट, नेपाली जनतालाई ललकार्ने भाग्नुपर्छ तिमीहरू भनेर ? नेपाली जनता भाग्दैन, नेपाली जनता यस देशका सबैभन्दा बढी हकदार हुन्। र, त्यो हक कायम गरेर नेपाली जनता बस्छ।’