१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format २१:१९:oo
Read Time : > 1 मिनेट
अर्थ

मनास्लु हिमाल आरोहणको ६९औँ दिवस मनाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१९:oo

मनास्लु हिमाल आरोहणको ६९आँै दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जिस् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरी दिवस मनाइएको हो । संसारका आठ हजार मिटर अग्ला हिमालहरूमध्ये मनास्लु आठौं र नेपालको सातौं अग्लो हिमाल हो । 

गोरखा नगरपालिका–५ पस्लाङगाउँमा होमस्टेमा घरबास एवं ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै आरोहण दिवस मनाइएको टान गण्डकीका अध्यक्ष कृष्ण आर्चायले जानकारी दिए ।
८१६३ मिटर उचाईको मनास्लु हिमालको पहिलोपटक ९ मे १९५६ मा जापानका पर्ततारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्लाल्जेन नोर्वु शेर्पाले गरेका थिए । सोही दिनलाई आरोहण दिवसको रुपमा मनाइँदै आएको आर्चायले जानकारी दिए । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित टान नेतृत्वमा पहिलोपटक गोरखामै पुगेर आरोहण दिवस मनाएको उनले बताए ।

गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गोरखा धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भए पनि गोरखाको सम्मृद्धिमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । 

उपप्रमुख सपना पुनले पोखरा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गोरखा घुम्न पठाउन पर्यटन व्यवसायीलाई आग्रह गरिन् । गोरखा आउने पर्यटक मनास्लु पदयात्रा र लार्के पाससम्म पुर्याउन सके समग्र प्रदेश र देशको आर्थिक सम्मृद्धिमा सहयोग पुग्ने बताइन् ।

अन्नपूर्ण पदयात्रा मार्ग सडक सञ्जालले जोडिएपछि आन्तरिक तथा वाह्य पर्यटकले मनास्लु पदयात्रालाई रोज्दै आए पनि मनास्लु, चुमभ्याली पदयात्रामा जाने पर्यटक धादिङको मलेखु, आरुघाट हुँदै जाँदा गोरखा छायामा परेको बताइन् ।

नेपल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले मनास्लु हिमाल आरोहणको ७०औं वर्ष भब्य रुपमा मनाउन जापानिज राजदुतावाससँग छलफल भै रहेको बताए । जापनी नागरिकले मनास्लु हिमाललाई जापान हिमालको रुपमा मान्ने भएकाले अर्को वर्ष मनाईने ७०आँै आरोहण दिवस सामागाउँ गएर मनाउने गरी छलफल भै रहेको उनले बताए ।

गण्डकीका तीन पालिका पोखरा महानगरपालिका, गोरखा नगरपालिका र बन्दिपुर नगरपालिकाले सन् २०२५ लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउँदै गरेकाले यसले ग्रामीण पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको बताए ।