१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
विश्व

भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको अमेरिकाको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

अमेरिकी प्रयासमा भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा केही बेरअघि यो सार्वजनिक गरेका हन्।

उपराष्ट्रपति जेडी भान्स र मैले प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबाज सरिफ, विदेशमन्त्री सुब्रमण्यम जयशंकर, सेनाप्रमुख असिम मुनिर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकलगायत वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीहरूसँग कुराकानी गरेका छौँ,’ अमेरिकी विदेशमन्त्री रुबियोले भनेका छन्, ‘भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु। शान्तिको बाटो रोज्ने क्रममा हामी प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र राजनेतापनको प्रशंसा गर्छौँ।’

पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा गत बुधबार भारतले पाकिस्तानको जम्मु कश्मिर क्षेत्रमा आक्रमण गरेपछि दुई देशबिच तनाव बढेको छ। तीन दिनयता दुवै देशले एक अर्काको देशमा हवाई हमला गरिरहेका छन्।