१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा एक महिला मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १६:२२:oo

महोत्तरीको पिपरा गाउँपालिका- ४ निवासी चन्देव ठाकुरकी ५२ वर्षीया श्रीमती निरसी देवी आफ्नै खेतमा मृत भेटिएकी छिन्। शनिबार बिहान ७ बजे घरबाट कोदालो बोकी करिब १.५ किलोमिटर पश्चिम रहेको खेतमा पुगेकी उनी जिउमा केही माटो पुरिएको अवस्थामा मृत भेटिएकी हुन्।

घरबाट निस्केको करिब १५ मिनेटपछि उनकी छोरी उषा ठाकुरसमेत चुल्होबाट निस्केको खरानी खेतमा हाल्न भनी निस्केको र आमालाई बाटोमै भेटेर सँगै खेत पुगेकी थिइन्।

आमालाई खेतमै छोड़ी दाउरा टिप्न भनी निस्केकोमा केही समयपछि दाउरा टिपेर फ़र्कँदा आमा अचेत अवस्थामा भेटिएको मृतककी छोरी उषाले बताइन्। उनले आमाको खुट्टामाथि केही माटो राखिएकोमा गाउँका भद्र भलादमी बोलाउँदा उनीहरूले आमा बितिसकेको बताएपछि प्रहरीलाई जानकारी गराएको  बताइन्।  

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालै सरुवा भएर आएका एसपी हेरम्ब शर्माले स्वाभाविक वा अन्य केही कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने अहिले नै यकिन गर्न नसकिने बताए।  घटनास्थल आफैँ पुगेका एसपी शर्माले घटनास्थलमा अनुसन्धानको लागि प्रशिक्षित कुकुर टोलीसमेत मगाएका छन् भने घटनालाई सूक्ष्म अनुसन्धान गर्दै छन्।

एसपी शर्माले आज घटनास्थल मुचुल्कापश्चात शव पोस्टमार्टमका लागि पठाउने बताए। उनले पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धान रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने बताए।