१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्घा भगवतीको आइपिओ निष्कासनमा कुमारी क्यापिटलले सघाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार ११:२१:oo

अर्घा भगवती भेन्चर्स प्रालिको आइपिओ निष्कासनका लागि कुमारी क्यापिटलले सघाउने भएको छ । सहकार्यका लागि यी दुई संस्थाबिच सम्झौता पनि भएको छ । सम्झौतामा अर्घा भगवतीका सञ्चालक समिति अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । 

अर्घा भगवतीको नवीकरणीय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा, कम्पनीलाई सूचीकरण हुँदासम्म गर्नुपर्ने सार्वजनिक निष्कासनलगायतका सम्पूर्ण काम फत्ते गर्नेसम्झौपत्रमा उल्लेख छ । जसका लागि अर्घा भगवतीले कुमारी क्यापिटल लिमिटेड नियुक्त गरेको छ । 

अर्घा भगवतीले हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नवीकरणीय सौर्य ऊर्जा उत्पादनको निर्माण काम गरिरहेको छ । छोटो समयमा नै आयोजनाका सम्पूर्ण काम सम्पन्न गरी विद्युत् उत्पादनलाई राष्ट्रिय प्रसारणलाइनमार्फत वितरण गरी देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने र स्वच्छ वातावरण प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइएको छ । कम्पनीले हालै मात्र वित्तीय व्यवस्थापनका रूपमा प्राइम कमर्सियल बैंकमार्फत फाइनान्सियल क्लोजर सम्पन्न गरिसकेको छ ।