१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format ११:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दमक नगरपालिकामा विद्यालयले गर्‍यो अनिश्चितकालीन तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

झापाको दमक– ९ मा रहेको सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालयले दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । सरस्वती माविको नाममा दमक– ८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि दमक नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले मंगलबार तालाबन्दी गरेको हो  विद्यालयको नाममा रहेकाे जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ ।

उक्त विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय गरेको थियो । नयाँ शैक्षिक सत्रको वैशाख अन्तिम भइसक्दासमेत नहटाएको भन्दै नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरिएको सरस्वती मावि व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले जानकारी दिए । ‘हामीले ३ वैशाखमा एक हप्ताभित्र हटाउन भनेर ज्ञापनपत्र दिएका थियौँ । नगरपालिकाले प्रतिबद्धता पूरा नगरेपछि अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको हो,’ उनले भने, ‘नगरपालिकालाई पटक–पटक लिखित र मौखिक अनुरोध गर्दा पनि विद्यालयको जग्गाबाट निजी विद्यालय नहटाएपछि हामी बाध्य भएर अनिश्चितकालीन तालाबन्दी गर्न पुग्यौँ ।’

गडमदर नामक निजी विद्यालयले सुरुवातमा सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, ०७३ मा पाँचवर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौता गरेको छैन । उसले ०७३ सालदेखि नै अनधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए । तालाबन्दीपछि दमक नगरपालिकाको दैनिक कामकाज अवरुद्ध भएको छ । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारीहरू नगरपालिकपरिसरमै बसेका छन् ।