१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाइभर्सन मर्मतपछि कान्ति लोकपथ पुनः सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १४:१२:oo

डाइभर्सन बगाएपछि अवरुद्ध भएको काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ। सवारीसाधन आवतजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ आज आइतबार बिहानबाट अवरुद्ध भएको थियो।

गएरातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ जोड्ने बागमती नदीमा बनाएको डाइभर्सन बगाएको थियो।

तत्काल प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले डाइभर्सन मर्मत गरेर यातायात नियमित गराएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

उनले १ जेठसम्म १५ दिनका लागि भने कान्ति लोकपथ दैनिक ६ घण्टाका बन्द रहने बताए। भीमफेदी गाउँपालिकास्थित ठिगन–बगुवा सडकखण्डअन्तर्गत गँगटेनजिकैको भर्‍याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुँदै आएको छ।