१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार १८:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद

अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल : इरानी र पुलिस क्लब फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १८:४o:oo

पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लब र पाहुना टोली इरानी प्रवेश गरेका छन् ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता इरानी टोलीले समूह ‘बी’को उपविजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा र दोस्रो खेलमा समूह ‘बी’को विजेता पुलिसले समूह ‘ए’को उपविजेता सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

पहिलो खेलको पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको आर्मीले त्यसपछिका लगातार तीन सेट गुमाएको थियो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ ले आफनो पक्षमा पार्दै अन्तिम दुईमा स्थान बनाएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा विभागीय डर्बीमा पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ गरी ३–० को सोझो सेटमा एपिएफलाई पराजित गर्दै उपाधिका लागि इरानी टोलीसँगको भेट पक्का गरेको थियो ।

प्रतियोगिताअन्तर्गत सोमबार हुने पहिलो खेलमा तेस्रो स्थानका लागि आर्मी र  एपिएफ भिड्ने छन् । यस्तै दिउँसो हुने दोस्रो खेलमा उपाधिका लागि पुलिस र इरानी टोली भिड्ने आयोजक लायन्सका डोलराज पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४ र उपविजेताले दुई लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो हुने टोलीले एक लाख ४४ हजार ४४४ पाउने छन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेले समान आठ हजार ४४४ रुपैयाँ पाउने पोखरेलले जानकारी दिए ।