१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘ओलीले माफी नमागेसम्म एमालेसँग एकता हुँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू एमालेमा फर्कन लागेको दुष्प्रचार गरिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाण्डेले बजेट बनाउने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिन जाँदा एमालेमा फर्कन लागेको प्रचार भएको भन्दै असन्तुष्टि जनाए। संसद् विघटन गरेर अपराध गरेको भन्दै उनले ओलीले माफी नमागेसम्म आफूहरू एमालेमा फर्कने सम्भावना नरहेको प्रस्ट पारे।

‘...कम्युनिस्ट पार्टीको अध्यक्षले विनाकारण, कुनै सरसल्लाह नगरी, कहीँ निर्णय नगरी संसद्लाई विघटन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बिचमा एकता हुँदैन,’ उनले भने।

आफूहरू गलत निर्णयसँग सहमत हुन नसक्ने भन्दै उनले एमालेसँग मिल्न चाहनेहरूलाई ‘बाटो तताउन’ पाण्डेले भने, ‘कोहीकोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला, मिल्न पाए हुने भन्ने लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ। हामी त्यो गलत निर्णयसँग सहमत हुन सक्दैनौँ।’