१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार o९:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिलोका कारण दाउन्नेको सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार o९:१४:oo

गएराति परेको पानीले सडक हिलाम्य भएपछि पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ । यहाँ अहिले सवारीसाधन चिप्लिने र उकालोमा स्लिप खाने भएको कारण सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

दाउन्नेमा सडक हिलाम्य र धुलाम्य  भएको भन्दै चैत २७ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द गरेर काम गरिएको भए पनि प्रगति हुन सकेको छैन । अहिले पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरेर सडक मर्मत तथा विस्तारको काम गरिएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बिचल्ली परेका छन् । प्रहरीले सूचना जारी गरी सडक अवरुद्ध भएको कारण वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।