१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

 हेटौँडामा शुक्रबार अपराह्न एक्कासि जमिनमुनि भासिएको माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) बेपत्ता भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमानानजिकै गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार रोकिराखेको ठाउँमा एक्कासि सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो। गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए। गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए। गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएको प्रवक्ता अर्यालले भने।

गाडी भासिएको ठाउँनजिकै माछापालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ। बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ। पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।

हेर्नुस् भिडियाे :