१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १२ मंगलबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १२ मंगलबार o७:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा बैठक स्थगित, फेरि आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १२ मंगलबार o७:२१:oo

संस्थापनइतर पक्षका सदस्यले एजेन्डामाथि प्रश्नैप्रश्न गरेपछि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक स्थगित भएको छ । एन्फाले तीन बजेका लागि बैठक बोलाएको थियो । तर, गत १३ माघमा राखेको एजेन्डाको विषयमा छलफल नभएपछि साँझ ६ बजे मात्रै बैठक सुरु भयो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले एक घण्टाभित्रै (साँझ ७) बजे बैठक स्थगित गर्दै निस्किए । नेम्वाङले मंगलबार दिउँसो १ बजेलाई पुनः बैठक बोलाएका छन् । 

एक घण्टा सम्भव भएको बैठकमा समावेश १६ मध्ये ६ एजेन्डा पारित भएको छ । बैठकले एन्फाको आगामी साधारणसभा २६ वैशाखमा निर्णय गरेको छ । ‘बैठक केही समय ढिला गरी सुरु भयो । त्यसैले मंगलबार दिउसो १ बजेलाई अध्यक्षले पुनः बैठक बोलाउनु भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले नयाँ पत्रिकासँग भने । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित आठ कार्यसमिति सदस्यले १३ माघमा संयुक्त हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । विधानअनुसार २१ दिनभित्र बैठक बोलाउनुपर्छ । तर, एन्फा अध्यक्षले ४० दिनपछि बैठक डाँकेको हो । 

इतरपक्षले विधानअनुसार सात दिनअघि पाउनुपर्ने एजेन्डा सूची नपाएको, मागअनुसार एजेन्डा थप नभएको भन्दै असन्तुष्टि जनाए । त्यसपछि बैठक तीन घण्टा ढिला गरी बैठक बस्यो । आर्थिक वर्ष ०८१/८२ को वार्षिक बजेटको विषय र पदपूर्ति समितिको निर्णयमा संंस्थापनइतर पक्षले असन्तुष्टि जनाएका छन् । एन्फा केन्द्रीय सदस्य रूपेश अधिकारीले बजेटमा चरम त्रुटि भेटिएपछि असन्तुष्ट जनाएका थिए । ‘आर्थिक वर्षको बजेटमा निकै हिनामिना भएको देखियो । सन्तुष्ट हुने ठाउँ नै कतै रहेन । त्यस्तै, पदपूर्ति समितिले गरेको निर्णयमा पनि सन्तुष्ट हुने स्थान नै छैन,’ अधिकारीले भने ।