१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद

भोलिदेखि तेस्रो जेसिज कप फुटबल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

भोलिदेखि बाग्लुङमा तेस्रो जेसिज कप फुटबल प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक बाग्लुङ जेसिजले जनाएको छ।

युवाहरूको क्षमता र नेतृत्व विकासमा सक्रिय रहेको बाग्लुङ जेसिजले विभिन्न युवाकेन्द्रित तथा समाज रूपान्तरणका कार्य गर्दै आएको छ। सोहीअनुसार पछिल्लो समयमा युवाहरूकै आकर्षणको रूपमा रहेको फुटबल खेललाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने जेसिज बाग्लुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिता २४ फागुनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामार्फत वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्ने अध्यक्ष श्रेष्ठले बताए। उनले फुटबललाई एक शक्तिशाली माध्यमको रूपमा प्रयोग गरी वातावरण संरक्षणको विषयलाई प्रभावकारी रूपमा कार्यान्वयका निम्ति ‘एक गोल, एक वृक्ष, एक खेलाडी एक वृक्ष र एक सदस्य एक वृक्ष’ अभियान सञ्चालन गरिनेछ। 

प्रतियोगितामा प्रथम हुनेले दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पुग्ने टिमलाई १५/१५ हजार, फियर प्ले टिमलाई पाँच हजार र  ट्रफी, उत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र म्यान अफ द म्याचलाई नगद पुरस्कार र ट्रफीको व्यवस्था गरेको जेसिज बाग्लुङका महासचिव सुलभ खड्काले जानकारी दिए।

प्रतियोगिताको क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी नेको इन्स्युरेन्सले खेलाडीको एक लाखबराबरको बिमा गरिदिने आयोजकले जनाएको छ। प्रतियोगिताबाट बचेको रकमबाट वातावरण संरक्षण कार्यमा लगानी गर्ने जेसिज बाग्लुङले प्रतिबद्धता जनाएको छ।