१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३o:oo
  • वर्षायाममा धेरै पानी पर्ने भएकाले हल्का कपडा लगाउनु राम्रो हुन्छ । कटन र मलमलका कपडा निकै हल्का हुन्छन् र पानीले भिजिहाले पनि चाँडै सुक्छन् । बजारमा कटनका हाफपाइन्ट, वानपिस, कुर्थीलगायत धेरै स्टाइलिस कपडा पाइन्छन् । 
  • पानी नपरेका वेला गर्मी अत्यधिक हुने भएकाले पनि यस्ता कपडा यो मौसममा राम्रो हुन्छ । कटनको कपडा निकै हल्का हुन्छ र यसमा हावा मज्जाले छिर्छ । जसकारण, शीतल महसुस गराउँछ । 
  • खादीको कपडा पनि यस मौसममा निकै राम्रो हुन्छ । यो कपडा चाँडै खुम्चँदैन, हल्का र हावा छिर्ने खालको हुन्छ । त्यस्तै, चाँडै सुक्छ । कार्यस्थल वा घुमघाममा जाँदा पनि यसबाट बनेका कपडा लगाउन सकिन्छ । 
  • डेनिमका कपडा यस सिजनमा नलगाउनु राम्रो हुन्छ । किनकि, भिजिसकेपछि सुक्न समय लाग्छ । जतिखेर पनि पानी पर्न सक्ने भएकाले लामो–लामो ड्रेस नलगाउने, प्रि–क्वार्टर, क्वार्टर, हाफपाइन्ट लगाउने गर्दा राम्रो हुन्छ । 
  • यस मौसममा पसिना धेरै बग्ने भएकाले धेरै टाइट कपडा लगाउँदा असहज महसुस हुन सक्छ । त्यसैले हल्का ओभरसाइज कपडा लगाउनु राम्रो हुन्छ । अहिले बजारमा पनि ओभरसाइज वानपिसहरू धेरै चलेको पाइन्छ । टिनएजरलाई यस्तो निकै सुहाउँछ । 

छुटाउनुभयो की ?