१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा बडाल निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:१८:oo

नेकपा एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले नौ सय ६२ र लामिछानेले तीन सय ५६ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरीले सात सय ६३ मत, नारायण घर्तीले सात सय ५१ मत, मर्यादा विष्टले ६ सय ७५ र धर्म गिरीले पाँच सय एक मत पाएर निर्वाचित भएका छन्  । महासचिवमा नरेश रोकायाले सात सय ३३ मत प्राप्त गरी विजय भए ।

यस्तै, सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदानमा ४२ विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाधिवेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।