१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा दुई हजार चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि धनकुटामा दुई हजार चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित रूपमा सम्पन्न गर्न दुई हजार चार सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। तीमध्ये नाै सय ४० म्यादी प्रहरी र बाँकी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहेका छन्।

त्यस्तै, एक हजार तीन सय चारजना कर्मचारी खटिएका छन्। जिल्लामा एक सय १९ मतदानस्थल र एक सय ६२ मतदान केन्द्र रहेका छन्। तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ वटा संवेदनशील र ५४ वटा सामान्य रहेका छन्। मतदानस्थलहरूको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी अधिकारीले बताए।

निर्वाचनलाई नेपाल प्रहरीले ४० वटा मोबाइल टोली परिचालन गरेको छ। सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान ब्युरोले पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सुरक्षाकर्मी परिचालन गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश सभा क्षेत्र रहेको धनकुटामा एक लाख १६ हजार नाै सय ९१ मतदाता रहेका छन्। तीमध्ये ५८ हजार पाँच सय ४६ जना पुरुष र ५८ हजार चार सय ४५ महिला रहेका छन्।