
नेपालसँग हुन लागेको ऐतिहासिक टी–२० आई सिरिज ‘युनिटी कप’ का लागि वेष्ट इन्डिजले टिम घोषणा गरेको छ। उसले अकेल होसीनको कप्तानीमा बुधबार टिम घोषणा गरेको हो।
नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग ऐतिहासिक रूपमा टी–२० आई सिरिज खेल्न लागेको हो । दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजले नेपालविरुद्ध शारजहाँ रंगशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालले २८, २९ र ३० सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सो सिरिजलाई यूनिटी कपको नाम दिइएको हो ।
नेपालले यस सिरिजलाई ओमानमा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको तयारीका रूपमा लिएको छ । यसअघि नेपालले अस्ट्रेलियामा स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । सिरिजका लागि नेपालले पनि दुई दिनअघि नै टिम घोषणा गरिसकेको छ।
यस्तो छ वेष्ट इन्डिजको टोलीः
नेपालको टिम-