
विराटनगर बालसुधारगृहबाट भर्खरै सबै बालबिज्याइँकर्ता भागेका छन् । विराटनगर– ३ कञ्चनबारीस्थित बालसुधारगृहमा रहेका २४९ जना बालबिज्याइँकर्ता सुधारगृह तोडफोड गरेर कागजात च्यातेर भर्खर भागेका हुन् ।
सुधारगृह प्रमुख गोमतीप्रसाद ढकालका अनुसार अहिले सुधारगृहमा मुस्किलले २०–२५ जना जति मात्र बिज्याइँकर्ताहरू छन् ।