मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format o५:५७:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : कथाकार र महारानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५७:oo

चार्ल्स डिकेन्स इंग्ल्यान्डका प्रसिद्ध कथाकार थिए । तत्कालीन समयमा उनका कथा निकै चर्चित थिए । उनका कथाका पाठक विभिन्न तहका मानिस थिए । तर, उनी आफ्ना कथा सामान्य जनताका लागि लेखिएका हुन् भन्नेमा आफू प्रस्ट थिए । 

कुरा त्यो वेलाको हो, जतिखेर उनको ख्याति देशभर फैलन सुरु भएको थियो । त्यो वेला उनी कैयौँ मानिसलाई आफ्ना रचना सुनाउँथे । उनका ती कथा सुन्ने पाठक प्राय: सर्वसाधारण मानिस नै हुने गर्थे । त्यतिखेर उनका श्रोताको संख्या हजारौँ थियो । बिस्तारै इंग्ल्यान्डकी तत्कालीन महारानी भिक्टोरियाले पनि उनका कथा लेखन र वाचन शैलीको प्रशंसा सुनिन् । महारानी पनि कथाकार डिकेन्सको रचना सुन्न लालायित भइन् र आफ्ना सेवकलाई डिकेन्सलाई बोलाउन पठाइन् । महारानीको आदेश पाउनासाथ उनका सेवक चार्ल्स डिकेन्स खोज्न हिँडे । उनलाई भेट्न कठिन भएन । सेवकले डिकेन्सलाई महारानीले खोजेको कुरा सुनाए र आफूसित हिँड्न आग्रह गरे । उनको अनुरोधअनुसार डिकेन्स पनि दरबार जान तयार भए । जब ती सेवकले डिकेन्सलाई महारानीसमक्ष प्रस्तुत गरे, तब महारानीले उनको रचना सुन्ने इच्छा व्यक्त गरिन् ।

डिकेन्सले महारानीसँग भने, ‘मेरो रचना महारानीबाट सुन्ने इच्छा व्यक्त गरिनु मेरा लागि अहोभाग्य हो । तर, यसमा मेरा केही सर्त छन् । साँच्चै महारानी मेरो रचना सुन्न चाहनुहुन्छ भने त्यति वेलामा आउनुपर्नेछ, जब म सर्वसाधारण मानिसलाई आफ्ना रचना सुनाइरहेको हुन्छु । माफ गर्नुहोला महारानी, म राजमहलका लागि लेख्दिनँ, म त सामान्य जनताका लागि लेख्छु ।’ डिकेन्सको जवाफ सुनेर महारानी आश्चर्यमा परिन् । तर, उनले केही भनिनन् । उता डिकेन्स भने महारानीसित बिदा मागेर फटाफट आफ्नो घरतिर लागे ।