मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ भदौ २४ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमलेन्द्र निधि, रघुवीर महासेठसहित प्रदेश सांसदहरूको घरमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १६:o९:oo

जनकपुरमा आन्दोलनकारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय, प्रदेश सभा भवन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आगजनी गरेका छन्।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, एमाले नेता रघुवीर महासेठ, कांग्रेसका प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र जसपाका प्रदेश सांसद रामाशिष यादवको घरमा समेत आगजनी भएको छ।

आन्दोलनकारीहरूले शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका साथै जनकपुरस्थित कांग्रेस र एमालेका पार्टी कार्यालयमा पनि आगजनी गरेका छन्।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दिउँसो ३ बजेदेखि कर्फ्यु आदेश जारी गरे पनि त्यसको पालना भएको छैन। प्रहरीलाई चोकचोकबाट हटाइएको छ भने उनीहरू आन्दोलनकारीलाई हात जोडेर शान्त रहन आग्रह गरिरहेका छन्।

आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।