Skip This
सरकारको वैधता सकिएकाे भन्दै जेन–जी पुस्ताले माग्यो प्रधानमन्त्रीको राजीनामा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको वैधता सकिएकाे भन्दै जेन–जी पुस्ताले माग्यो प्रधानमन्त्रीको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको प्रस्ट पार्दै जेन–जी पुस्ताले प्रधानमन्त्रीको राजीनामा मागेको हो।

प्रेस विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताले भनेको छ, ‘दर्जनौँ युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौँ घाइते भएका छन्। तीनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रुग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ।’

लाखौँको संख्यामा नयाँ पुस्ता सडकमा आइसकेकाले वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य रहेको भन्दै जेन–जीले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।

उनीहरूले तत्काल दमनकारी गतिविधिबाट पछि हट्दै जनताको अधिकारलाई सम्मान गर्न सुरक्षा निकायहरूलाई पनि आग्रह गरेका छन्। ‘हामी सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अन्तर्राष्ट्रिय समुदायलाई यो यथार्थलाई स्वीकार गरी जिम्मेवार ढंगले अघि बढ्न अपिल गर्दछौँ। गोली र अश्रुग्यासले अब युवाहरूको आवाज दबाउन सकिँदैन। न्याय, मर्यादा र नयाँ राजनीतिक भविष्यको माग सडकमा गुन्जिएको छ, र कुनै पनि दमनले त्यसलाई रोक्न सक्नेछैन।’

जेन–जीले घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचार गर्नुपर्ने मागसमेत अघि सारेकाे छ।