
पानीसँगै परेको चट्याङ लागेर सिराहाको सिराहा नगरपालिका– १९ मा एक महिलाको मृत्यु भएको छ। सिराहा नगरपालिका– १९ जोगिया टोलकी करिब ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
मौसम बदलिएसँगै परेको चट्याङ लागेपछि घटनास्थलमै महिलाको मृत्यु भएको उनले बताए । हरेक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उनले पानी परेकाे वेला काम गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन् ।