मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौलिक संस्कृतिको प्राय बन्दै  श्रमदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

नेपाली समाजमा श्रमदान गर्ने परम्परा पुरानै हो । सार्वजनिक स्थानका सडक कुलो, पानी पधेरा तथा चौतारो मर्मतसम्भार विगतमा श्रमदानबाट नै हुने गदथ्र्यो । बढ्दो वैदेशिक रोजगारी तथा श्रमदान प्रतिको संस्कार हराउदै जान थालेको छ । विगतमा सक्रिय रहेको श्रमदान संस्कार आजको पुस्तासँगै हराउँदै जाँदा नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व र सामुहिक सहभागितातर्फ उन्मुख बनाउन सल्यानमा श्रमदान अभियान सञ्चालन गरिएको छ ।

केही स्थानीयले पालिकाले निति कार्यक्रम तथा बजेटमार्फत नै श्रमदान गर्ने योजना निर्माण गरेका छन् भने केहीले श्रमदानलाई विभिन्न कार्यक्रम मार्फत अघि बढाइरहेका छन् । श्रम संस्कृतिको पुनजिवित गर्दै श्रमदानबाट सार्वजनिक संरचना निमार्ण गर्ने ऐतिहासिक अभियान सञ्चालन गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नै श्रमदानलाई समावेश गरेर कार्यन्वयनमा समेत ल्याइरहेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिए । 

शान्ति सुरक्षामा केन्द्रित हुने नेपाल प्रहरीले समेत श्रमदान अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेम बहादुर केसीले बताए ।  जिल्लामा फैलिँदै गएको मिचाहा प्रजातिका वनस्पति व्यवस्थापन तथा विस्थापन गर्न प्रत्येक हप्ताको शुक्रबार श्रमदानमार्फत सरसफाई अभियान सञ्चालन गरिएको छ । जनसहभागीताले बजेट बिना पनि परिवर्तन र विकास सम्भव छ भन्ने देखाउन श्रमदान अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए।