मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रदेशका मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धीमा बाटो अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध गरेका छन्। कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले बालिकालाई ठक्कर दिएको हो। 

ललितपुरका एसपी चक्रराज जोशीका अनुसार बालिकाको अवस्था सामान्य छ। दुर्घटनापछि मन्त्रीले वास्ता नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन्। छलफल गरेर बाटो खुलाउने प्रयास भइरहेको एसपी जोशीले बताए।  मन्त्रीको गाडी बालिकालाई ठक्कर दिएर भागेको थियो । 

गोदावरीमा चलिरहेको नेकपा(एमाले)को बिधान महाधिबेशनमा भाग लिन जाने क्रममा मन्त्री मगरको गाडीले बालिकालाई ठक्कर दिएको हो।