मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १७ मंगलबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिमालाई ‘उत्कृष्ट बैंक’को अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार ११:२३:oo

गरिमा विकास बैंक लिमिटेडले ‘उत्कृष्ट बैंक’को अवार्ड प्राप्त गरेको छ । इन्डियन च्याम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस्’बाट गरिमा सम्मानित भएको हो ।

हालै भारतको नयाँदिल्लीमा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक ‘दी बेस्ट बैंक’ र ‘बेस्ट एआई–एमएल इम्प्लिमेन्टेसन’ विधामा उत्कृष्ट भएको हो । त्यस्तै, एमएसएमई विधामा रनर अपको अवार्ड प्राप्त गरेको हो । यस अवार्डमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रूपमा उक्त अवार्ड थापेका हुन् ।

इन्डियन च्याम्बर अफ कमर्सद्वारा सन् २०२४ मा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस् कार्यक्रममा समेत यस विकास बैंकले अवार्ड जितेको थियो । यस उपाधिले आफ्ना ग्राहकलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप ऊर्जा प्रदान गरेको बैंकले उल्लेख गरेको छ । 

छुटाउनुभयो की ?