मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १७ मंगलबार १४:४५:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

अमेरिकाको मेरिल्यान्डमा ‘नेपाली चलचित्र शृंखला’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १४:४५:oo

अमेरिकाको मेरिल्यान्डस्थित ग्रिनबेल्ट सिनेमा र नेपाल–अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा यही सेप्टेम्बर महिनामा ‘नेपाली चलचित्र शृंखला’ हुने भएको छ।

यस शृंखलामा चारवटा नेपाली चलचित्र प्रदर्शन हुनेछन्। शृंखलाको पहिलो प्रदर्शनीअन्तर्गत शंकर घिमिरे निर्देशित चलचित्र ‘तेलभिसा’ ७ सेप्टेम्बर दिउँसो १ बजे प्रदर्शन हुने बताइएको छ। त्यसपछि, १४ सेप्टेम्बर साँझ ७ बजे नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, १७ सेप्टेम्बर साँझ ७ बजे जेरेमी पावर रेगिम्बल निर्देशित डकुमेन्ट्री ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’ र २० सेप्टेम्बर दिउँसो १ बजे दीपक रौनियार निर्देशित चलचित्र ‘पूजा सर’ प्रदर्शन हुनेछ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले अमेरिकाका अन्य फिल्म थिएटरहरूसँग सहकार्य गर्दै यस्ता मासिक चलचित्र शृंखलाहरू आयोजना गर्ने तयारी गरिरहेको सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले बताए।

‘फिल्म फेस्टिभलका लागि नेपाल–अमेरिका फिल्म सोसाइटीसँग सहकार्य हुँदै आएको थियो। तर, यसपटकको फिल्म सिरिज केही फरक र विशेष छ। नेपाली सिनेमा यहाँको समुदायसँग बाँड्न पाउनु हाम्रो लागि गौरवको विषय हो,’ ग्रिनबेल्ट सिनेमाकी कार्यक्रम संयोजक लुसी कोर्टेजले भनिन्।

छुटाउनुभयो की ?