मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १७ मंगलबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबिच भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १५:o५:oo

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच भेटवार्ता भएको छ ।

सहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंक र मन्त्रालयबिच नयाँ परियोजनामा सहकार्यबारे छलफल भएको छ । 

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदी स्वच्छतालगायतका विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जोहानेस जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए।  

विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबिचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनाहरूमा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने बताए ।

छुटाउनुभयो की ?