मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘सम्पत्ति गुणस्तर’अन्तर्गतको विधामा सम्मान पाएको हो। 

शुक्रबार नयाँदिल्लीमा आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्डस्’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो। बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।  

बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरूको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको जनाइएको छ। यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।