मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको दुई घण्टा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १७:३४:oo

नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ।

विगतको सहमति र मागअनुसार विद्यालय शिक्षा विधेयक तय नभएको भन्दै महासंघले च्यासलमा दुई घण्टा धर्ना दिएको हो। बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको महासंघको टोलीले एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण-पत्रसमेत बुझाएको छ।

‘हामी अहिले हरेक पार्टी कार्यालयहरूमा धर्ना दिने र ध्यानाकर्षण-पत्र बुझाउने अभियानमा छौँ, विधेयक हाम्रो माग सम्बोधन नभई प्रतिनिधिसभामा पेस भयो। तर, हाम्रा माग जसरी पनि पूरा हुनैपर्छ भन्ने हाम्रो अडान हो,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको महासंघले शुक्रबार नेकपा (माओवादी केन्द्र)को कार्यालयमा धर्ना दिने सुवेदीले बताए। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ५ भदौमा प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस गरेको थियो।