मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री पौडेलले भेटे नारायणी अस्पताल भर्ना भएका हैजाका बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

वीरगन्ज महानगरपालिकाका केही वडामा हैजाको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा भर्ना भएका बिरामीलाई भेटेका छन्।

सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि वीरगन्ज आएका मन्त्री पौडेलले अस्पताल पुगेर हैजाका बिरामीहरूको अवस्थाबारे जानकारी लिएका हुन्। 

हैजा नियन्त्रणका लागि तत्काल अपनाउनुपर्ने उपाय, द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालन तथा स्रोत व्यवस्थापनबारे छलफल हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।