मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
Invalid date format o९:o३:oo
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई ३ प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o३:oo

वीरगन्जमा फैलिएको हैजा नियन्त्रणका लागि के–कस्ता प्रयास हुँदै छन् ?
शनिवार बिहान फाट्टफुट्ट देखिएको हैजा संक्रमितको संख्या दिउँसो ह्वात्तै बढेर स्थानीय अस्पतालको क्षमताले धान्न नसक्ने अवस्थामा पुगेपछि बिदाको दिन भए पनि हामी तत्काल त्यसको परीक्षण, उपचार र रोकथाममा जुट्यौँ । वीरगन्ज महानगरका मेयरसाब आफैँ खट्नुभएको छ । हामीले एकै परिवार वा एउटै टोलबाट आएको उस्तैउस्तै लक्षण देखिएका प्रभावितमध्ये एकजनाको परीक्षण गरी हैजा पुष्टि भएपछि सबैलाई एउटै उपचार सुरु गरेका छौँ ।

कल्चर गर्न अन्य विभिन्न ल्याबमा स्याम्पल पठाएका छौँ । खानेपानीको स्याम्पल पनि परीक्षण भइरहेको छ । प्राथमिक रूपमा हेर्दा यो समस्या खानेपानीबाटै फैलिएको देखिन्छ । यहाँका तीन–चार वडामा धारो, ट्युबवेल, ट्यांकरजस्ता स्रोतबाट पानी वितरण भइरहेको छ । स्थानीय तहदेखि मेडिकल कलेजका विद्यार्थी र रेजिडेन्सलाई समेत प्रयोग गरेर टोलटोलमा सचेतना फैलाउने काम सुरु गरिएको छ । शनिबारको तुलनामा आइतबार केही सुधार देखिएको छ । 

यस्ता महामारी नियन्त्रणका लागि हाम्रो पूर्वतयारी कस्तो छ ?
हामी तयारी अवस्थामै थियौँ र त यस्तो समस्या आउँदा समयमै सम्पूर्ण स्रोत, साधन र जनशक्ति परिचालन गरी यसको नियन्त्रणमा भूमिका खेल्न सफल भयौँ । हामीले स्थानीय महानगरलाई ‘लिड’ गर्न दिएका छौँ । उसले २५ टोली बनाएर काम गरिरहेको छ । हामीले केन्द्र र प्रदेशबाट ‘ब्याकअप’ दिएका छौँ । जनशक्ति, एम्बुलेन्स, औषधिलगायत ‘ब्याकअप’ राखेका छौँ । 

अन्यत्र हैजा नफैलियोस् भनेर सर्वसाधारणले के–कस्ता सतर्कता अपनाउनुपर्ला ? 
सर्वसाधारण सचेत भइदिने हो भने हैजा शतप्रतिशत रोक्न सकिने रोग हो । कम्तीमा पाँच मिनेट पानी उमालेर पिउने, क्लोरिन ट्याब्लेट हालेर शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने, चामल तथा तरकारी पखाल्नसमेत शुद्धीकरण गरिएको पानी प्रयोग गर्ने बानी गर्नुपर्छ । साबुनपानीले हात धुने, संक्रमण देखिए झोलिलो पदार्थ सेवन गर्ने, जीवनजल पिउने र बान्ता भएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जाने हो भने हैजाबाट जोगिन सकिन्छ ।