
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत एनपिएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात् मंसिर १ देखि डिसेम्बर १५ (मंसिर २७ ) सम्म हुने जानकारी दिएको हो ।
उक्त संस्करणका लागि मिनी अक्सन सकिएको छ । टिमहरू विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।