मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ५ बिहीबार १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हल्लाकाे हवाला दिँदै योगेशको गम्भीर आरोप– इन्दिरा रानाको संस्था बालबालिका ओसारपसारमा संलग्न

‘गाइगुइँ हल्ला सुनेको हो। प्रतिवेदन सार्वजनिक नभएकाले अथेन्टिक ढंगले भन्न सक्दिन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १४:५o:oo

नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरमाथि गम्भीर आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समायमा एमाले सांसद भट्टराईले रानाको प्रिजनर्स असिस्टेन्स (पिए) नेपाल नामक संस्था बालबालिका ओसारपसारमा संलग्न रहेको आरोप लगाएका हुन्।

०७२ कात्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँचजना बच्चा हराएका उल्लेख गर्दै उनले भने, ‘०७२ माघ १८ गते सो कार्यालयका एकजना कर्मचारीले केन्द्रीय बाल कल्याण परिषद् समितिमा गएर एउटा बयान दिन्छन्। र, त्यहाँ उनले के भन्छन् भने– ती बालबालिका पिए नेपाल भन्ने संस्थाका मानिसहरूले जबर्जस्ती लिएर गएका छन्। अहिलेका उपसभामुख नै त्यसको कार्यकारी प्रमुख हुनुहुन्थ्यो।’

२०७६ कात्तिक १४ गते तत्कालीन सरकारले पाटन उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगले समेत सो विषय उठाएको सांसद भट्टराईको दाबी छ।

सञ्चारमाध्यम र हल्लाको हवाला दिँदै उनले थपे, ‘त्यो प्रतिवेदनमा पनि यो पिए नेपाल भन्ने संस्था बालबालिका ओसारपसारसँग सम्बन्धित केसमा संलग्न छ, र यसलाई संगठित अपराध सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्नुपर्छ भनेरसमेत सिफारिस गरेको छ भनेर हामीले गाइँगुइँ सुनेको हो। सञ्चारमाध्यममा अलिअलि आएको हो। तर, प्रतिवेदन सार्वजनिक नभएको हुनाले त्यसको पूर्ण अवस्था के थियो, म अहिले अथेन्टिक ढंगले भन्न सक्दिनँ। तर, बाहिर आएको विषय यही नै हो।’