
त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका– ८ खानीखोलामा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ ।
बाराको अमलेखगन्जबाट काठमाडाैंतर्फ आउँदै गरेको ना.७ ख ३७७४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा अचानक इन्जिनको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक हमालका अनुसार २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा आगलागी भएको हो । आगलागी भएको खबरपश्चात् प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आगो पुर्ण रूपमा नियन्त्रणमा लिइएकाे हो । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । ट्यांकरको इन्जिनको तारमा मात्र क्षति भएको छ ।