
प्रधानमन्त्री केपी ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सचिव मिश्री सोमबार स्वदेश फर्किनेछन्।