
अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप एन्ड टी २० शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ । मरारा क्रिकेट ग्राउन्ड २ मा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका थिए ।
नेपालले पहिलोपटक टप एन्ड टी २० शृंखलामा सहभागिता जनाएको छ । यसैगरी, सन् २०२३ को पहिलो संस्करणमा च्याम्पियन बनेको नर्दन टेरिटोरीले गत वर्ष सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।