मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धरहरा टपरी म:मलाई दुई लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२५:oo

सुनधारास्थित धरहरा टपरी म:मलाई खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरको नियमित अनुगमनका क्रममा बिक्री–वितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाएपछि कारबाहीस्वरूप जरिवाना गरिएको हो ।

महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी म:मले पटक–पटक महानगरको निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ ।

‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, ०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम दुई लाख जरिवाना तोकिएको हो,’ न्यौपानेले भने । महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरणको व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।