मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५२:oo
Read Time : > 1 मिनेट
समाचार

पर्वतारोहण संघको नेतृत्वका लागि कुलबहादुर गुरुङको प्यानल घोषणा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५२:oo

 नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वको लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल घोषणा भएको छ । काठमाडौंमा आयोजित उम्मेद्वार परिचयात्मक कार्यक्रम तथा पत्रकार सम्मेलनमा आधिकारिक प्यानल घोषणा गरिएको हो । 

कार्यक्रममा आफ्नो नेतृत्वको प्यानल एनएमएको नेतृत्व गर्न आतुर र तत्पर रहेको अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङले  बताए। ‘एनएमएमा गइसकेपछि कुनै पनि स्वार्थभन्दा माथी उठेर संस्थाको उदेश्यप्राप्तिका लागि काम गर्नुपर्दछ भन्ने कुराको मसंग मेहनत, अध्ययन र अनुभव छ’, उनले भने  ‘३३ वर्षको पर्यटन क्षेत्रको अनुभव, यहि विषय पढेको, यहि विषय बढाउने र यही विषयमा ६ वर्ष लामो अनुसन्धान गरी विद्यावारिधी गर्दै गर्दा म सक्षम भइन भनेर मेरो क्षमतामा प्रश्न गरिराख्ने हो भने तपाईहरुले नै भनिदिनुहोस कस्ता खालको उम्मेद्वार अध्यक्ष बन्ने होला ।’ 

उनले एनएमएको २७ जनाको कार्यसमितिको नृतत्व गर्दै आफ्नो टिम अघि बढ्ने विश्वास व्यक्त गर्दै तीन वर्ष आफ्नो टिमलाई काम गर्ने अवसर प्रदान गर्न मतदातासंग आग्रह गरेको छन् । 

कार्यक्रममा समुहको नीति र प्रतिवद्धता प्रस्तुत गरिएको थियो । सुरक्षित आरोहण, स्वच्छ हिमाल, पारदर्शी नेतृत्व, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनका लागि अग्रणी भूमिका सुनिश्चित गर्ने कार्ययोजना प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । हेलि रेस्क्यू पारदर्शिता नियमन तथा दुरुपयोग नियन्त्रण गर्ने, सगरमाथा लगायत आठ हजार मिटरभन्दा माथीका हिमालका लागि आचारसहिंता लागु गर्ने, एनएमएमा तालिम एकेडेमी तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, सबै सेवामा डिजीटल प्रणाली लागु गर्दै ‘एकद्वार सेवा’ प्रणाली स्थापना गर्ने लगायत दुरदर्शी तथा प्रभावकारी योजना प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार टिकाराम गुरुङले एनएमएको नयाँ नेतृत्वका लागि तीन वर्ष काम गर्ने अवसर दिन मतदातालाई आग्रह  गरे। आफु पनि हिमाल आरोही भएकाले हिमाल र हिमालसंग जोडिएका हरेक सरोकार, समस्या र चुनौतिलाई चिर्नका लागि आफु तयार रहेको स्पष्ट  पारे । कार्यक्रममा महासचिवका उम्मेदवार बिमल नहर्कीलगायत सम्पूर्ण उम्मेद्वारहरुले आफ्नो परिचय र अनुभव प्रस्तुत गरेका थिए ।

कुलबहादुर गुरुङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङ, प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव बिमलकुमार नहर्की, सचिव ङिमा दिकी शेर्पा, कोषाध्यक्ष सुमी लामा रहेका छन् । 

सदस्यहरुमा दिकी शेर्पा, गीता राई, माधवप्रसाद पाण्डे, नुर्बू छिरिङ शेर्पा लामा, लालबहादुर जिरेल, सुदास लामा, अशोक तामाङ, पासाङ शेर्पा, पुष्कर शाह, बलबहादुर सुयाल र हरिगोपाल प्रधान रहेका छन् । एनएमएको नयाँ नेतृत्वका लागि भदौ ७ गते निर्वाचनको मिति तय भएको छ ।