
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन निर्देशन दिएका छन्।
मंगलबार सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिका लागि तीन दिनिभित्र सम्पादन गर्ने गरी तीनबुँदे निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत निर्देशन दिएका छन्।